नियम १६
मालवाहक सवारीको वर्गीकरण, तथा क्षमता
मालवाहक सवारीको वर्गीकरण तथा त्यसको क्षमता देहाय बमोजिमको हुनेछः–
(क) ट्रक तथा टैंकरः अघिल्लो तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ प्रति एक्शल १०.२ टन सम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ५ जनासम्म लोडर बस्न सक्ने,
(ख) मिनि ट्रकः अगाडि तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ ५ टनसम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ४ जनासम्म लोडर बस्न सक्ने,
(ग) पावर टिलरः चालक सहित बढीमा एक सिट र एक टन सम्मको भारवहन गर्न सक्ने क्षमता भएको,
(घ) पिकअपः चालक सहित पाँच सिट र एक टनसम्मको भारवहन गर्न सक्ने ।